खेलाडी संघले बुझायो सदस्य सचिव घिसिङलाई ध्यानाकर्षणपत्र

नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडी संघले मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ । उनले पद वहालीकै दिन खेलाडीको बीमा सम्बन्धमा कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गराएको कुराको संघले पहल लिएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आभार व्यक्त गरको छ ।

मन्त्रिपरिषद्बाट गतसाता सोमबार राखेप सदस्य सचिव नियुक्त भएका घिसिङले त्यसको भोलिपल्ट मंगलबार पदभार ग्रहण गरेका थिए । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा खेलाडी संघले मंगलबार सदस्य सचिव घिसिङलाई राखेपको नयाँ सदस्य सचिव नियुक्त भएकोमा बधाई दिँदै लिखित रूपमा सुझावसहित ६ बुँदे ध्यानाकर्ष हस्तान्तरण गरेको छ । खेलाडी संघले विगतदेखि नै उठाउँदै आएका विषयलाई समेट्दै सदस्य सचिवलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघले खेलाडी र पूर्व खेलाडीलाई सरकारबाट शिक्षा, स्वास्थ्य, विमा, यातायात, भत्तालगायतका सामाजिक सरक्षा व्यवस्था गर्नुपर्ने, दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई प्रोत्साहन भत्ता दिदै आएपनि सागमा दुई, तीन पटक वा त्योभन्दा बढी पदक विजेतालाई सरकारबाट के गर्न सकिन्छ त्यसमा पनि सोच्नु पर्ने सुझाव राखेको छ ।

त्यस्तै साग, एसियाली खेलकुद, ओलम्पियन खेलाडीलाई आजीवन प्रोत्साहन भत्ताले निरन्तरता पाएपनि कार्यविधि पारित नहुँदा खेलाडीले पटक पटक भत्ताका लागि धाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै संघले कार्यविधि पारित गर्नुका साथै खेलाडीको प्रोत्साहन स्वरूप सागका रजत र कास्य पदक विजेता खेलाडीलाई पनि भत्ताको व्यवस्थाका लागि पहल गर्न अनुरोध गरेको छ ।

बधाई र सुझाव ग्रहणपछि घिसिङले आफू खेलाडी संघ सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् । उनले आफू सदस्य सचिवको छनोट प्रक्रियामा सामेल हुँदा बुझाएका योजनामा पनि कतिपय खेलाडीका विषयलाई आफूले समेटेको उल्लेख गर्दै खेलाडी संघ सम्बन्धित विषयमा निर्णय गर्न संघसँग सल्लाह गरेर अघि बढ्ने बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १६:३२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया