भूकम्पमा गोडा गुमाएका शरदको कथामा ‘उठ्न सकिन्छ हिम्मत नहारे’

०७२ सालको महाभूकम्पमा परी देब्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारोत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ बोलको गीतमा प्रस्तुत गरिएको छ । पुष्पन प्रधानको स्वर र संगीत रहेको गीतको भिडियो मंगलबार सार्वजनिक गरिएको छ । 

वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रहेको गीतको भिडियो सुरेन्द्रसिंह नेपालीले निर्देशन गरेका हुन् । निराजन प्रधान र रुबिना थापाले अभिनय गरेको भिडियो बाबु श्रेष्ठले खिचेका हुन् भने रेनिश फागोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र भूपेन्द्र अधिकारीको सम्पादन छ । 

सम्झना सिंह नेपाली निर्माता रहेको भिडियोमा जस्तो परिस्थितिमा पनि हिम्मत नहारी जिउनुपर्छ भन्ने प्रेरणादायक सन्देश प्रस्तुत गरिएको छ । 

यथार्थ घटनालाई प्रस्तुत गरिएको गीत तथा भिडियोले दर्शक–श्रोताबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको जानकारी निर्देशक नेपालीले दिए । उनले गीतको माध्यमबाट आममानिसमा बाँच्ने र समाजका लागि केही गर्ने सन्देश प्रस्तुत गरिएको बताए । 





  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार २०:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया