कांग्रेस अधिवेशन
सभापतिमा साझा उम्मेदवार टुंग्याउन आज पनि छलफल गर्दै संस्थापन इतर समूह

१४ औँ महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा उम्मेदवारको टुंगो लगाउन धमाधम आन्तरिक बैठक बस्न थालेका छन् ।

संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापनइतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ । 

पछिल्लो तीन दिनदेखि औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकिएको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा. शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताएका छन् । 

वरिष्ठ नेता पौडेलले बुधबार साँझसम्म निर्णयमा पुग्ने र उम्मेदवार घोषणा गर्ने दाबी गरे । संस्थापनइतर पक्षले आज पूर्वजिल्ला सभापति, निर्वाचित जिल्ला सभापति र प्रदेश सभापतिसँग परामर्श गर्दैछ ।  






  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ७:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया