च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियाे डर्टमन्ड

च्याम्पियन्स लिगअन्तर्गत मंगलबारकाे खेलमा जित हात पारे पनि जर्मन क्लब बेरुसिया डर्टमन्ड समूह चरणबाटै बाहिरिएकाे छ ।

घरेलु मैदानमा डर्टमन्डले १० खेलाडीमा समेटिएको टर्किस क्लब बेसिक्टासलाई ५-० को फराकिलाे अन्तरले पराजित गरेको हो । 

सिग्नल इडुना पार्कमा घरेलु टोलीले खेलको २९औं मिनेटमा डोनेल मालेनको गोलबाट अग्रता लिएको थियो । 

४३औं मिनेटमा वेलिन्टन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बेसिक्टास १० खेलाडीमा सीमित बन्याे ।

पहिलो हाफको थप गरिएको समयमा कप्तान मार्काे रिउसले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

५३ औं  रिउसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । 



एर्लिङ ब्राउन्ट हालान्डले ६८औं र ८१औं मिनेटमा  गोल गर्दै डर्टमन्डलाई फराकिलो जित दिलाए। 

जितपछि डर्टमन्डले  समूह ‘सी’ मा ९ अंक जोड्दै  तेस्रो स्थानमा रहेर लिगकाे अन्त्य गरेको छ । पराजित बेसिक्टास अंकविहीन बन्यो ।



समान अंक भए पनि डर्टमन्ड स्पाेर्टिङ सिपीसँग गाेल अन्तरमा पछि पर्दै बाहिरिएकाे हाे ।

यही समूहको अर्काे खेलमा डच क्लब आयाक्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ४-२ ले पराजित गर्‍याे ।

यो नतिजापछि आयाक्सले समूह चरणमा शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेर शीर्षस्थान कब्जा गर्‍याे । 

हारका बाबजुद स्पोर्टिङ ९ अंक जोडेर दोस्रो स्थानमा रहँदै उपविजेताका रूपमा  अन्तिम १६ मा पुग्याे ।

  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ७:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया