च्याम्पियन्स लिग : पिएसजीकाे सहज जित

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार भएकाे खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बेल्जियमकाे क्बल ब्रुगमाथि ४-१ काे जित हात पारेकाे छ ।

खेलकाे दोस्रो मिनेटमै केलियन एमबाप्पेले गाेल गर्दै घरेलु टाेली पिएसजीलाई अग्रता  दिलाएका थिए ।

साताैं मिनेटमा एमबाप्पेले व्यक्तिगत दाेस्राे गाेल गर्दै टाेलीकाे अग्रता दाेब्बर बनाए ।

३८औं मिनेटमा लियाेनल मेस्सीले गाेल गर्दा पिएसजी ३-० ले अघि बढ्याे । ६८औं मिनेटमा माट्स  रिट्सले ब्रुगका लागि १ गाेल फर्काए ।  

७६औं  मिनेटमा मेस्सीले पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गाेल गरेपछि पिएसजीले सहज जित दर्ता गरेकाे हाे ।

याे जितसँगै ६ खेलमा ११ अंक जाेडेकाे पिएसजी समूह ‘’ए  बाट उपविजेताका रूपमा अन्तिम १६ मा पुग्दा ब्रुग चार अंकका साथ पुछारमा रह्याे ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ८:४२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया