‘ए’ डिभिजन लिग : दोस्रो जितकाे खाेजीमा पुलिस र मछिन्द्र

सहिद स्मारक ‘ए’ डिभिजन लिगकाे तेस्रो चरणअन्तर्गत बुधबार अन्तिम दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले विभागीय टाेली  नेपाल पुलिस क्लबकाे सामना गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

हिमालयन आज पहिलो जित निकाल्ने योजनासहित मैदान उत्रिनेछ ।

हिमालयनले अघिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन । उ २ खेलमा १ अंक जोडेर १२ औं स्थानमा  छ ।

पुलिस भने दोस्रो जितको खोजीमा हुनेछ । उ २ खेलमा ४ अंक जाेडेर सातौं स्थानमा छ ।

दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब आमनेसामने हुनेछन् । खेल साँझ पाैने पाँच बजे सुरु हुनेछ ।



जावलाखेल आज पहिलो अंकको खोजीमा छ । अघिल्ला २ खेल गुमाएर अंकविहीन बनेकाे जावलाखेल लिगकाे १३औं स्थानमा  छ ।

साविक विजेता मछिन्द्र भने दोस्रो जितको खोजीमा  छ । उ २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा छ ।



  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ८:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया