नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा नेविसंघका अध्यक्ष राजीव ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् ।
उनले पार्टीको संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
कांग्रेसलाई प्रशिक्षित कार्यकर्ता बनाउन, अनुशासित संगठन निर्माण गर्न, जनजीवीकाको सवाल, कांग्रेसलाई पद्धतिमा चल्ने पार्टी बनाउन र क्रियाशील सदस्यता वितरणको प्रक्रियामा सुधार गर्ने सम्बन्धि आवाज उठाउन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएको बताए ।
ढुंगानाले नेविसंघको नेतृत्व विशेष परिस्थितिमा आएको र अब पार्टीको राजनीतिमा आउन चाहेको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।