चालू आवको पहिलो चार महिनामा लक्ष्यभन्दा सवा ६ अर्ब कम राजस्व

काठमाडाैं– आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको पहिलो चार महिनामा लक्ष्यभन्दा ६ अर्ब २६ करोड ३८ लाख १५ हजार कम संकलन गरेको छ । यो चालू आवको पहिलो चार महिनाको लक्ष्यभन्दा ६.६६ प्रतिशत कम हो । 

विभागले पहिलो चार महिनामा ९३ अर्ब ९४ करोड ९८ लाख ६३ हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, ८७ अर्ब ६८ करोड ६० लाख ४८ हजार मात्रै राजस्व संकलन गरेको छ । 

विभागले कात्तिक महिनामा २२ अर्ब ४० करोड ७७ लाख ७८ हजार राजस्व संकलन गरेको छ । विभागले लिएको लक्ष्यभन्दा यो २ अर्ब ६४ करोड ९३ हजार कम हो । कात्तिक महिनामा २४ अर्ब ६५ करोड ७१ लाख ४२ हजार राजस्व उठाउने लक्ष्य थियो ।

विभागको तथ्यांकअनुसार अहिलेसम्म बैंकहरूबाट प्राप्त हुने ब्याज कर र अन्त शुल्क कर लक्ष्यभन्दा धेरै उठेको छ । चालू आवको पहिलो चार महिनामा ७ अर्ब २२ करोड ४९ लाख २६ हजार ब्याज कर संकलन गर्ने लक्ष्य राखेकोमा ७ अर्ब ८५ करोड ५ लाख ७७ हजार संकलन भएको छ । 

यस्तै, अन्तःशुल्क कर पनि लक्ष्यभन्दा ५१ करोड २२ लाख ४६ हजार बढी उठाएको छ । विभागले चार महिनामा २२ अर्ब ८८ करोड ९९ लाख ४४ हजार  अन्तःशुल्क कर संकलन गरेको हो । 

तर, विभागले आय कर र मूल्य अभिवृद्धि कर भने लक्ष्यअनुसार संकलन गर्न सकेको छैन । २७ अर्ब ४९ करोड ५० लाख संकलन भएको छ । यो लक्ष्यभन्दा ३ अर्ब ९३ करोड २१ लाख २१ हजार कम हो । 



यस्तै, विभागले २७ अर्ब ३६ करोड ८१ लाख ६७ हजार मूल्य अभिवृद्धि कर संकलन गरेको छ । 


 



  • प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार १८:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया