बलिउड अभिनेता विकी कौशल र अभिनेत्री क्याट्रिना कैफको ९ डिसेम्बरमा हुने विवाहको तयारी अहिले राजस्थानमा धुमधामका साथ भइरहेको छ ।
त्यसो त ९ डिसेम्बरमा विवाह हुने भए पनि ७ डिसेम्बरबाट नै विभिन्न कार्यक्रम गरिएका छन् विकी र क्याट्रिनाको विवाहका लागि ।
यहीबीच आज यो जोडीको हल्दी सेरेमनी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतीय मिडियामा आएको समाचारअनुसार आजको यी दुईको यो कार्यक्रममा सहभागी हुन शाहरुख खान र अक्षय कुमार पनि पुग्दैछन् ।
यी दुईले आफ्नो विवाहमा सलमान खानलाई चाहिँ बोलाएका छैनन् ।
उनीहरुको विवाह चाहिँ ९ डिसेम्बरमा दिउँसो एक बजे सुरु हुने भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।