डब्लूएचओले भन्यो– अहिलेका भ्याक्सिन ओमिक्रोनविरुद्ध प्रभावकारी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का एक अधिकारीले विश्वभर अहिले चिन्ता र चासोको केन्द्र बनेको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध अहिलेका भ्याक्सिनहरु प्रभावकारी भएको बताएका छन् । अहिलेको भ्याक्सिनले पनि ओमिक्रोनविरुद्ध काम गर्ने प्रमाणित भएको ती अधिकारीले जनाएका हुन् ।

दक्षिण अफ्रिकाको एक ल्याबमा अहिलेको कोरोना भाइरस भ्याक्सिन फाइजरको आंशिक प्रभाव भएको परीक्षण नतिजा आएकै समयमा डब्लूएचओले बताएको यो विषयलाई निकै महत्त्वका साथ हेरिएको छ ।

डब्लूएचओको चिकित्सक माइक रयानले ओमिक्रोन भेरियन्टविरुद्ध अहिलेका भ्याक्सिनले काम नगर्ने भन्ने कुनै प्रमाण नभएको बताएका छन् । उनले अरु भेरियन्ट र ओमिक्रोनविरुद्ध अहिलेको भ्याक्सिनले बराबर काम गर्ने पनि जानकारी दिएका छन् ।

‘हामीसँग भएका खोपहरुका कारण ओमिक्रोन मात्र होइन, अरु भेरियन्टबाट संक्रमित भएकाहरु पनि गम्भीर संक्रमण हुनबाट बचेका छन्,’ उनले भनेका छन्, ‘अहिले ओमिक्रोनविरुद्ध यी भ्याक्सिनको काम हुँदैन भन्ने सोच्नु ठिक हुँदैन ।’

उनले सुरुवाती आँकडामा ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या पनि कम भएको बताएका छन् । यसअघि दक्षिण अफ्रिकामा पहिलो पटक भेटिएको ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता बढी भएको बताइएको थियो ।

नेपालमा पनि ओमिक्रोन भेरियन्टका दुई जना संक्रमित भेटिएका छन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १४:२१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया