देउवाले भोलिलाई डाके वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक सकिएको छ ।

देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकले भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । १४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । 

आजको संस्थापन पक्षको बैठकमा तीन नेताले महामन्त्री पदमा दाबी गरेका छन् । स्रोतका अनुसार बैठकमा एनपी साउद, बालकृष्ण खाँण र प्रकाशशरण महतले दाबी गरेका हुन् ।

त्यस्तै, सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले पनि महामन्त्रीमा दाबी गरेका छन् ।  महामन्त्री पदका दाबेदार बढी हुँदा देउवालाई सकस परेको छ ।

उपसभापतिमा दाबेदारी कसैबाट पनि प्रस्तुत नभएको बैठकमा सहभागी एक नेताले बताए । तर, दाबी प्रस्तुत नगरे पनि संस्थापन पक्षबाट महामन्त्री पूर्णबहादुर खड्का, विजयकुमार गच्छदारलगायत आकांक्षी छन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १४:४७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया