श्याम घिमिरेले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता श्याम घिमिरेले १४ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनको उम्मेदवारी घोषणा खस-आर्य समुदायबाट भएको हो । उनी संस्थापन पक्षका हुन् । यसअघि उनी क्रियाशील सदस्यता छानबिन समितिको सदस्य थिए ।

सुशील कोइराला नेतृत्वको कार्य समितिमा केन्द्रीय सदस्य थिए । काठमाडौंको इन्द्रेणी बैंक्वेटमा आज पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका उनले गुटबन्दी अधिवेशनको बेला हुने तर अस्थायी हुनुपर्ने धारणा पनि राखेका छन् ।

२०३६ सालमा नेपाल विद्यार्थी संघबाट उनको राजनीति थालनी भएको हो ।

यस्ता छन् उनका  १४ बुँदे प्रतिबद्धता

१) कांग्रेसको क्रियाशील सदस्यता आधुनिकरण गर्दै “सवैका लागि कांग्रेस" अभियान सञ्चालन गर्ने,) पार्टीभित्रको गुटबन्दी अन्त्य नेता कार्यकर्ताको उचित मुल्यांकन र जिम्मेवारी,



३) पार्टी संगठन तथा संरचनाहरूको नियमित र समयबद्ध परिचालन,

४) राष्ट्रिय तथा अन्तराष्ट्रिय लोकतन्त्रवादी शक्तिसँग सहकार्य र एकता,



५) खुल्ला अर्थनीति, लगानीमैत्री वातावरण, रोजगारीको सृजना र आधुनिक एवम् वैज्ञानिक कर प्रणाली तथा अत्याधिक सामाजिक सुरक्षा कांग्रेसको मूल आर्थिक नीति ।

६) उद्यमशीलता सहितको राजनीति,

७) पूरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाको उचित समन्वय,

८)  बिपी कोइरालाद्वारा प्रतिवादित राष्ट्रियता, लोकतन्त्र समाजवादको सिद्धान्तलाई कायम राख्ने,

९) आर्थिक विकास पार्टीको पहिलो मुद्दा बनाउने एवम् समाज सुधार परिर्वतनको अगुवाई,

१०) जातीय, समाजिक विभेद र अपराधका घटनालाई निरुत्साहित गर्न र राजनीतिक अगुवाइ,

११) तीनवटै तहका जननिर्वाचित प्रतिनिधिलाई थप सशक्त बनाउने र जनताप्रति उत्तरदायी बनाउन कांग्रेसले नै पहल कदमी गर्ने,

 १२) जलवायु परिवर्तनका कारण सबैभन्दा समस्या नेपाल जस्ता मुलुकहररूमा पर्ने भएकाले विश्वस्तरमानै जलवायु परिवर्तनका मुद्दामा कांग्रेसमार्फत् पहलकदमी गर्ने । जलवायु परिवर्तनका असर कम गर्न र यसका असरको क्षतिपूर्तिका लागी पहल गर्ने । जलवायु परिवर्तन अनुकुलन कषि कार्यक्रम सञ्चालनमा ल्याउन कांग्रेसले पहलकदमी गर्ने ।

१३) आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश र केन्द्रमा समेत प्रष्ट बहुमतको सरकारका लागि अहिले देखिनै सक्रिय हुने ।

१४ जननिर्वाचित प्रतिनिधि, उनीहररूद्वारा निर्मित कानुन र कानूनी राज्य सञ्चालन गर्दै विधिव शासन स्थापित गर्ने । यस मार्फत समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ।

  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १५:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया