जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित, १६ वर्षपछि सत्ताबाट बाहिरिइन् मर्केल

जर्मनीको संसद (बुन्डेस्टाग)ले ओलाफ स्कोल्जलाई चान्सलर निर्वाचित गरेको छ ।

सोशल डेमोक्रेट ओलाफ बुधबार देशको चान्सलरका रुपमा संसदबाट चुनिएका हुन् । सोशल डेमोक्रेट्स, ग्रीन्स र लिबरल फ्रि डेमोक्रेट्सको गठबन्धनबाट ओलाफ राष्ट्र प्रमुख बनेका हुन् । जर्मनीमा संघीयस्तरमा गठबन्धन सरकार बनेको यो पहिलो पटक हो ।

यससँगै जर्मनीमा एन्जेला मर्केलको युग समाप्त भएको छ । १६ वर्ष शासन गरेकी मर्केल सत्ताबाट बाहिरिएकी छन् । ओलाफको आगमनलाई बर्लिनमा मर्केल नेतृत्वको रुढीवादी शासनको आवसान र जर्मन तथा युरोपीय राजनीतिमा एक नयाँ राजनीतिक युगको सुरुवात भनिएको छ ।

ओलाफको सत्ता गठबन्धनले सामाजिक न्याय, कार्बन उत्सर्जनमा कटौतीका प्रयासमा तीव्रता ल्याउने र वित्तीय अनुशासनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १५:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया