रामसीताको स्वयम्वर हेर्न जनकपुरधामामा उर्लियो जनसागर [तस्बिरहरू]

भगवान् श्री सीताराम विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधाममा जनसागर ओर्लिएको छ । विवाहपञ्चमीको मुख्य दिन आज रंगभूमि मैदानमा स्वयम्वर कार्यक्रम सम्पन्न भएको हो ।

आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी कीर्तनसहित राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी रामसीताको स्वयम्वर गरिएको छ ।

विवाह उत्सवमा सहभागि हुन नेपाल र भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् । स्वयम्वर कार्यक्रममा सहभागि हुन श्रद्धालु भक्तजनहरूको भिड लागेको छ ।

आज राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदानमा गएर स्वयम्वर आयोजना गरिएको छ । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले जानकी मन्दिर र रंगभूमि मैदानमा पुष्पवृष्टि गरेको थियो । सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुनेछ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान् रामका बुबा अर्थात् राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

विवाहपञ्चमीको भीडमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । भीडभाडमा हुन सक्ने आपराधिक घटनालाई रोक्न करिब २ हजारको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १६:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया