लेडिज ब्यान्ड भ्यालेन्सियाको 'छोरी' गीत सार्वजनिक

'दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर' हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको  यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ । छोरी स्वयंमा एक शक्ति हो । छोरी भनेको समाजको गहना हुन् । यो  संसारको सृष्टिकर्ता नै छोरी हुन् । गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ । 

बाबुराम राईको शब्द रचना रहेको 'छोरी' मा कल्यान सिंहले संगीत भरेका छन् । नभ ढुङ्गेलको निर्देशन र अमृत सुनुवारको छायाङ्कनमा बनेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् । मोक्षमा भिडियोको पोस्टप्रोडक्सन भएको हो ।  भिडियोमा भ्यालेन्सिया ब्यान्डका टिएम केसी,पूजा परियार ,खुस्बु राणा मगर ,दीपा चौधरी र एन्जिला चौधरी रहेका छन् । सार्वजनिक भिडियोलाई टिम भ्यालेन्सियाकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिन्छ । 

भिडियोमा सम्मान स्वरुप देशका केही वरिष्ठ महिला ब्यक्तित्वहरुलाई पनि देखाइएको छ । अनुराधा कोइराला, हिमानी शाह, शृङ्खला खतिवडा, पुष्पा बस्नेत,गौरिका सिंह, अस्मिता आले, मिरा राई, ममता स्थापित, रक्षा राणा, शिरिशा महर्जन र सपना मल्ललाई देखाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १७:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया