ए डिभिजन लिग : मछिन्द्र क्लबको दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणअन्तर्गत बुधबार भएको दोस्रो खेलमा मछिन्द्र क्लब २–० गोलले विजयी भएको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै मछिन्द्र विजयी भएको हो । खेलको १४औँ मिनेटमा मछिन्द्रका मनीष डाँगीको ब्याकपासमा छिरिङ गुरुङको बल क्लियर गर्ने क्रममा जावलाखेलका खेलाडीले आफ्न‌ै पोस्टमा प्रहार गरी आत्मघाती गोल गरेका थिए ।

त्यस्तै, मछिन्द्रका लागि दोस्रो गोल भने २२औँ मिनेटमा रन्जित धिमालले दिलाएका हुन्  । उनले फ्रिकिकमार्फत सीधै ग‍ोल गरेका थिए ।

त्यस्तै, जावलाखेलका लागि लोइक क्वाहिमको पासमा अन्गुना जुनियरले हानेको बल गोलमा परिणत भए पनि रेफ्रीले अफसाइड घोषणा गरेका थिए । दोस्रो हाफमा भने कुनै क्लबले गोल गर्न सकेनन् । 

जावलाखेल आज पहिलो अंकको खोजीमा रहेको थियो । अघिल्ला २ खेल सँगै यो खेल पनि गुमाएर अंकविहीन बनेको जावलाखेल लिगको १३औँ स्थानमा  छ । 

साविक विजेता मछिन्द्रले भने दोस्रो जित हात पारेको हो।



पराजयपछि जावलाखेलका प्रशिक्षक किशोर केसीले प्रदर्शन राम्रो भए पनि गोलरक्षकको ठूलो गल्तीका कारण अवसर खेर गएको बताए । ‘गोलरक्षकको कारण हार बेहोर्यौं,’ उनले भने, ‘सायद अर्को खेलमा अर्को गोलरक्षक छान्ने छौँ ।’ अहिलेसम्म बलिया टोलीसँग खेलेको र अबको खेलहरुमा दबाब हुने उनले बताए । 

विजयी मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले  जावलाखेलजस्तो बलियो टोलीसँग खेलेर जित हासिल गर्दा खुसी लागेको बताए । सुरुमै गोल निकालेका कारण सजिलो भएको उल्लेख गर्दै उाले भने, ‘सबै खेलाडी राम्रा छन् । उपाधिकै लागि खेलिरहेका छौँ । यो जितले सहज भयो ।
 



  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १९:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया