प्रकाशमानले भने - मैले मात्रै कति पटक त्याग गर्ने, अब एक्लै भए पनि सभापतिमा लड्छु

चाक्सीबारीमा बसेको नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले आज पनि सभापतिको साझा उम्मेदवार तय गर्न सकेन । कांग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले आज सभापतिको उम्मेदवार चयन गर्ने बताइए तापनि त्यसो हुन सकेन ।

स्रोतका अनुसार नेताहरूका आ-आफ्नै अडानका कारण आजको बैठकले साझा उम्मेदवार तय गर्न नसकेको हो । आज बैठकमा सभापतिका उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएपछि बैठक निष्कर्षमा पुग्न सकेन ।

नेता सिंहले बैठकमा आफूले विगतमा धेरै पटक पार्टीका लागि त्याग गरेको उल्लेख गर्दै अब आफू त्यसरी त्याग गरेर बस्न नसक्ने बताएका थिए । उनले १३ औँ महाधिवेशनमा समेत त्याग गरेको स्मरण गराउँदै यसपटक आफूलाई समर्थन गर्न अरू सभापतिका आकांक्षीहरूलाई आग्रह गरेका थिए ।

'१३ औँ महाधिवेशनमा पनि गरे त्याग गरेकै हो । मैले मात्रै कति पटक त्याग गर्ने, म छोड्नेवाला छैन । म एक्लै भए पनि सभापतिमा लड्छु,' उनले बैठकमा भनेका थिए ।

यो समूहमा उनीसहित चार जना नेता सभापतिको आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, नेता सिंह, शेखर कोइराला, शंशाक कोइराला सभापतिको आकांक्षी हुन् । धेरै आकांक्षी हुँदा साझा उम्मेदवार छान्न सकस भएको छ ।  





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १९:५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया