सिटौला आफैँ सभापतिमा उठ्न सक्ने

नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आसन्न १४औँ महाधिवेशनमा पनि सभापति पदमा उठ्ने संकेत गरेका छन् । 

पार्टी सभापतिमा आफूलाई सहयोग गर्न भन्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौलासँग सहयोग मागिरहेका छन् । बुधबार मात्रै वरिष्ठ नेता पौडेलले सिटौलाकै निवासमा पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । 

कुन पक्षलाई सहयोग गर्ने भनेर ठोस धारणा सार्वजनिक नगरेका नेता सिटौलाले आफूनिकट नेताहरुसँग सभापतिमा पुनः उठ्ने संकेत गरेका छन् । 

अघिल्लो महाधिवेशनमा पहिलो चरणमा तेस्रो बनेका उनले दोस्रो चरणमा देउवालाई सहयोग गरेर सभापतिमा जिताएका थिए । १३औँ महाधिवेशनमा पनि देउवा–सिटौला समूहले धेरै स्थानमा सहकार्य गरेर परिणाम आफ्नो हातमा पारेका छन् । 

प्रदेश १मा सिटौला समूहले नेतृत्व पाएको छ भने बागमती, कर्णाली र सुदूरपश्चिममा देउवा समूह विजयी भएको छ । ण्डकी र लुम्बिनीको सभापतिमा भने पौडेल समूह विजयी भएको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार २०:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया