नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रचार प्रसार कार्य अन्तिम चरणमा पुगेको छ ।
व्यवस्थित ढंगले प्रचार अघि बढाउनका लागि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे ‘१४औँ महाधिवेशन प्रचार–प्रसार समिति’ अन्तर्गत विभिन्न १८ संयोजक तोकिएका छन् । जसअनुसार मिडिया सेन्टर संयोजकमा डा. सुरेश आचार्यलाई तोकिएको छ । त्यस्तै, प्रेस संघ–संगठन समन्वय संयोजकमा बद्री सिग्देललाई नियुक्त गरिएको छ ।
त्यसैगरी अनलाइन समन्वय संयोजकमा समीरजंग शाह, सामाजिक सञ्जाल समन्वय संयोजकमा ई. दीपेश विष्ट, मोफसल मिडिया सम्पर्क प्रचार संयोजकमा शिव लम्साल, उपत्यका प्रिन्ट मिडिया संयोजकमा दीपक आचार्य, बिट समन्वय संयोजकमा सरोज अधिकारीलाई नियुक्त गरिएको छ ।
त्यसैगरी टेलिभिजन समन्वय संयोजक नीर शाह, रेडियो समन्वय संयोजक गोपाल झा, बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजक डा. अञ्जनी झा, महिला प्रचार समन्वय संयोजक अन्जना अर्याल, युवा प्रचार समन्वय संयोजक विकल राई नियुक्त भएका छन् ।
त्यसैगरी, महाधिवेशनस्थल काठमाडौं महानगर प्रचार समन्वय संयोजक निलकाजी शाक्य, सामाजिक संघ–संस्था प्रचार समन्वय संयोजक फुलकुमार लालवानी, प्रवास क्षेत्र प्रचार समन्वय संयोजक विमल सुवेदी, स्वागत द्वार र शृंगार संयोजक गोविन्द पुडासैनी, कला संयोजक मीन भाम र डिजिटल बोर्ड प्रचार संयोजकको जिम्मेवारी ई. सुसन वैद्यलाई दिइएको छ ।
महाधिवेशनको अवधिभर १८ संयोजकहरुले सम्बन्धित जिम्मेवारी व्यवस्थित सम्पादन गर्ने जिम्मेवारी दिइएको छ ।
१४ औं महाधिवेशन केन्द्रीय प्रचार–प्रसार समितिको सचिवको जिम्मेवारी दिनेश थापा मगरलाई सुम्पिएको प्रचार विभाग सचिव प्रकाश शर्माले जानकारी गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।