विवाहपञ्चमीमा सर्वसाधारणलाई निःशुल्क खाना एवं औषधि वितरण

विवाहपञ्चमीका अवसरमा जय परशुराम मञ्च नेपालले सर्वसाधारणलाई निःशुल्क खाना एवं औषधि वितरण गरेको छ । 

विवाहपञ्चमीमा भारतलगायतका ठाउँहरुबाट आएका श्रद्धालुभक्तजनका लागि जनकपुरधाममा बुधबार निःशुल्क खाना एवं औषधि वितरण अभियान सञ्चालन गरिएको हो । 

विवाहपञ्चमीको भीडलाई मध्यनजर गर्दै थोरै भए पनि श्रद्धालुलाई सहयोग गर्ने उद्देश्यले यो अभियान चलाइएको जय परशुराम मञ्च नेपालका अध्यक्ष चन्दन रायले बताए । उनी भन्छन,‘यस्तो धार्मिक एवं सांस्कृतिक अनुष्ठानका बेला थोरै भए पनि नागरिकलाई सहयोग गर्नु हाम्रो धर्म हो । यस्तो समयमा सुतेर बस्ने होइन, नागरिकलाई सहयोग गर्न फिल्डमा उत्रनुपर्छ ।’

विवाहपञ्चमीमा जनकपुरधाम आएको बेला अलपत्र तथा समस्यामा परेका श्रद्धालुको उद्धार तथा राहत गर्ने उद्देश्यले  निःशुल्क खाना एवं औषधि वितरण अभियान सञ्चालन गरेको रायले बताए । 

जनकपुरधामका अन्य सामाजिक संघ–संस्थाहरुले समेत आज निःशुल्क भोजन, औषधि, पानीलयागतका विभिन्न शिविरहरु सञ्चालन गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार २३:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया