फेसबुकबाट हटाउनुस् यी ६ कुरा, रहनुहोस् सुरक्षित

केही समय यता प्रविधिबारे सबैभन्दा बढी चर्चा भएको विषय हो– फेसबुकले डाटा बेच्यो । यही विषयमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले अमेरिकी संसद्मा १० घन्टासम्म प्रश्नहरुको सामना गरे । उनले त्यहाँ पनि स्वीकारे– फेसबुकले प्रयोगकर्ताको डाटा साँच्चिकै बेचेको थियो ।

त्यसैले, आफ्नो गोपनीयता कसरी कायम गर्ने र डाटा बेचिनुबाट कसरी सुरक्षित रहने भन्ने थाहा पाउनु आजको आवश्यकता भएको छ । आखिर कसरी बच्ने त फेसबुकबाट ?

अपनाउनुहोस् यी नियमः

हटाउनुहोस् मोबाइल नम्बरः

तपाईंले फेसबुकमा आफ्नो मोबाइल नम्बर राख्नु भएको छ भने त्यो दुरुपयोग हुने सम्भावना अत्यधिक हुन्छ । त्यसैले तत्काल आफ्नो नम्बर हटाउनुहोस् । नम्बर सबैले देख्नेगरि राख्दा त्यसलाई अपरिचितले प्रयोग गर्ने वा फोन गरेर बारम्बार समस्यामा पार्ने पनि हुनसक्छ ।

नराख्नुहोस् लोकेसनः



आफूले फेसबुक पोस्टहरु गर्दा आफू कहाँ छु भन्ने थाहा दिन आफ्नो लोकेसन पनि नराख्नुहोस् । लोकेसन ट्याग बन्द गर्नुभयो भने अनेक समस्याबाट बच्न सकिन्छ । सोच्नुस् त तपाईं घरबाट बाहिर हुनुहुन्छ र फेसबुकमा लोकेसन राख्नुभयो भने घरमा चोरी हुन नसक्ला र ? किनकि तपाईंको पोस्ट त पब्लिकमा हुन्छ र सबैले देख्न सक्छन् ।

क्षणक्षणमा अपडेट नगर्नुहोस्ः 



कसैको बानी हुन्छ, क्षणक्षणमा अपडेट गरिहाल्ने । तर, यस्तो बानीले कहिलेकांही चाहिँ समस्या निम्त्याउन सक्छ । त्यसैले यस्तो बानी पनि हटाएको राम्रो हुन्छ ।

जन्ममिति नराख्नुहोस्ः

जन्ममिति फेसबुकमा राख्नु भनेको आफ्नोबारे धेरै जानकारी अरुलाई दिनु हो । जन्ममिति कसैलाई थाहा भयो भने तपाईंको क्रेडिट कार्डबारे जानकारी र बैंक अकाउन्ट पनि अरुलाई थाहा हुन सक्छ, त्यसैले यस्तो बानी सक्दो छिटो हटाएको राम्रो हुन्छ ।

नचिनेकालाई अनफ्रेन्ड गर्नुहोस्ः

चिनेका व्यक्तिलाई मात्र साथी बनाउन सबैभन्दा राम्रो मानिन्छ । कुनै सम्बन्ध नै नभएको मानिसलाई साथी बनाउनु त्यति राम्रो हुँदैन । जानेर वा नजानेर नचिनिएका व्यक्तिको रिक्वेस्ट आएको छ भने त्यसलाई जतिसक्दो छिटो हटाउनुहोस् ।

परिवारका फोटो धेरै नराख्नुहोस्ः

हामीमध्ये धेरैको बानी हुन्छ, आफ्नो बालबच्चाको फोटो बारम्बार फेसबुकमा अपडेट गर्ने । तर, यो बानी राम्रो होइन । किनकि आफ्नो परिवारबारे सबैलाई थाहा दिँदा कुनै दुर्घटना पनि हुनसक्छ । त्यसैले समयमा नै सचेत बन्नु राम्रो हुन्छ ।

  • प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार २३:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया