गल्कोटले जित्यो ऋषिङ भलिबल प्रतियोगिताको उपाधि

ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुलाअन्तर पालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले उचालेको छ ।

बुधबार ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि उचालेको हो ।

उपाधिसँगै गल्कोटले नगद १ लाख ४० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता शुक्लागण्डकीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।  





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ६:५०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया