च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो बार्सिलोना

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराति समूह चरणको आफ्नो अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित तथा अर्को खेलमा बेन्फिका विजयी भएपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो ।

बार्सिलोना सन् २०००/०१ को सिजनपछि पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको हो ।

घरेलु मैदान एलियान्ज एरिनामा बायर्नलाई ३-० को सहज जित दिलाउन थोमस मुलर, लिरोए साने र जमल मुसियलाले गोल गरे ।

खेलको ३४ औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोली बायर्नलाई अग्रता दिलाए । ४३ औं मिनेटमा  सानेले टोलीको अग्रता दोब्बर पारे ।

६२ औं मिनेटमा मुसियलाले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा  बार्सिलोना पराजय बेहोर्दै समूह चरणबाटै बाहिरियो ।

यो जितसँगै समूह ‘इ’ मा शतप्रतिशत जित निकालेको बायर्न  ६ खेलबाट १८ अंकका साथ समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो । पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।



यही समूहको अर्को खेलमा पोचुर्गिच क्लब बेन्फिकाले युक्रेनी क्लब डाइनामो किभलाई २-० ले पराजित गर्‍यो । यो जितसँगै बेन्फिकाले ८ अंकका साथ उपविजेताका रूपमा अन्तिम १६ मा स्थान सरक्षित गरेको छ । 



  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ७:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया