चेल्सी र जेनिथकाे राेमाञ्चक बराबरी

च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएकाे खेलमा इंग्लिस क्लब चेल्सी रसियन क्लब जेनिथसँग बराबरी खेलेकाे छ ।​ जेनिथकाे घरेलु मैदान क्रेस्टाेभस्की स्टेडियममा दुवै टाेली ३-३ को बराबरीमा राेकिएका हुन् ।

निकै राेमाञ्चक बनेकाे खेलमा सुरुवाती अग्रता जाेगाउन नस्कदा चेल्सी अंक बाढ्न बाध्य बन्याे । खेलको दोस्रो मिनेटमा नै टिमो वेर्नरको गोलबाट चेल्सीले अग्रता लिएको थियाे ।

२८ औं मिनेटमा क्लाउडियाे र ४१औं मिनेटमा सरदार एनमाेउनले  गोल गरेपछि घरेलु टोली जेनिथ पहिलो हाफमा २-१ को अग्रता लिन सफल भयाे ।
 
६२ औं मिनेटमा राेमेलु लुकाकुले खेललाई २-२ काे बराबरीमा ल्याए । ८५ औं मिनेटमा वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीलाई ३-२ ले अघि बढाए ।

थप गरिएकाे समयमा मागोमेड ओज्डोइभले गोल गर्दै जेनिथलाई हारबाट जोगाए । याे नतिजासँगै चेल्सी ६ खेलमा १३ अंक जाेड्दै समूह `एच´ बाट  उपविजेताका रूपमा अन्तिम १६ मा पुग्दा जेनिथ ५ अंका साथ तेस्रो  स्थानमा रह्याे ।

यहि समूहकाे अर्काे खेलमा इटालियन क्लब युभेन्टसले स्विडिस क्लब माल्माेविरुद्व १-० को कठिन जित निकाल्यो । याे जितसँगै युभेन्टस ६ खेलबाट १५ अंकका साथ समूह विजेता बन्दै अन्तिम १६ मा पुग्दा माल्माे १ अंक जाेडेर अन्तिममा रह्याे ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ७:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया