कांग्रेस महाधिवेशन : अवधारणापत्र सार्वजनिक गर्दै महामन्त्रीका उम्मेदवार थापा

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् ।

थापाको सचिवालयका अनुसार उनले दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा  ‘समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेको हो ।

‘समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रूपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह/सुझावको अपेक्षा गरेको छु,’ थापाले भनेका छन् ।

भोलिबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदैछन् । 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ७:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया