च्याम्पियन्स लिगअन्तर्गत बुधबारको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्विस क्लब याेङ्ग ब्वाइजसँग बराबरी खेलेको छ ।
युनाइटेडकाे घरेलु मदान ओल्ड ट्राफोर्डमा दुवै टाेली १-१ काे बराबरीमा राेकिएका हुन् । सुरुवाती अग्रता जाेगाउन नसक्दा युनाइटेड अंक बाँड्न बाध्य बन्यो
खेलको नवौं मिनेटमा मेसन ग्रीनउडको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । ४२ औं मिनेटमा फावियनले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीसँगै समूह ‘एफ’ को विजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गरेकाे युनाइटेडले ६ खेलमा ११ अंक जोड्यो । योङ ब्वाइजले ५ अंकका साथ पुछारमा रहँदै प्रतियाेगिताको अन्त्य गरेकाे छ ।
यही समूहको इटालियन क्लब एटलान्टा र स्पेनिस क्लब भिल्लारियलबीचको अर्काे खेल अत्यधिक हिमपातका कारण हुन सकेन ।
अब बिहीबार हुने याे खेलबाट नै यो समूहबाट अन्तिम १६ मा पुग्ने अर्काे टोलीको टुंगो लाग्नेछ । हाल भिल्लारियल ७ अंकका साथ दोस्रो तथा ६ अंक जाेडेको एटलान्टा तेस्रो स्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।