च्याम्पियन्स  लिग : लिली समूह विजेता बन्दै अन्तिम १६ मा

च्याम्पियन्स लिगअन्तर्गत बुधबारकाे खेलमा फ्रेन्च क्लब लिलीले जर्मन क्लब उल्फ्सबर्गमाथि ३-१ काे जित निकालेकाे छ ।

याे जितसँगै लिलीले समूह विजेताकाे रूपमा अन्तिम १६ मा स्थान पक्का गरेकाे छ ।

उल्फ्फबर्गकाे घरेलु मैदान भाेल्क्सओगन एरिनामा लिलीलाई सहज जित दिलाउन बुकार एल्मज, जाेनाथन डेभिड र  एन्जल गाेमेजले गाेल गरे । 

उल्फ्सबर्गका लागि रेनाटाे स्टिफेनले १ गाेल फर्काए । 

खेलकाे ११औं  मिनेटमा एल्मजकाे गाेलमार्फत् लिलीले अग्रता लिएकाे थियाे । ७२औं मिनेटमा  डेभिडले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

७७औं मिनेटमा गाेमेजले गाेल गरेपछि लिली ३-० ले अघि बढ्याे । ७९औं मिनेटमा स्टिफेनले उल्फ्सबर्गका लागि १ गाेल फर्काए ।



याे जितसँगै लिलीले समूह जीमा ६ खेलबाट ११ अंक जाेड्दा उल्फ्सकर्गले ५ अंकका साथ अन्तिममा रहेर प्रतियाेगिताकाे अन्त्य गरेकाे छ ।

यही समूहकाे अर्को  खेलमा अष्ट्रियन क्लब आरबी साल्जबर्गले स्पेनिस क्लब सेभियामाथि १-० काे कठिन जित हात पारेकाे छ ।



याे जितसँगै साल्जबर्ग ६ खेलबाट ११ अंकका साथ उपविजेताका रूपमा अन्तिम १६ मा पुग्दा सेभिया ६ अंक जाेडेर तेस्रो  स्थानमा रह्याे।

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ८:५०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया