सभापतिकाे साझा उम्मेदवार तयार गर्न मुस्किल परेकाे कांग्रेस संस्थापनइतर पक्षकाे बैठक अझै सुरु भएकाे छैन ।
केन्द्रीय सदस्यहरू आउन बाँकी रहेपछि काठमाडौंकाे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा साढे ८ बजे बाेलाएकाे बैठक सुरु हुन नसकेकाे हाे ।
बैठकमा सहभागी हुन रक्षामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य बलबहादुर केसीलगायत नेता भने आइपुगेका छन् ।
बैठकमा छलफलपछि इतर पक्षबाट सभापति पदमा साझा उम्मेदवार छनाेटबारे राय सल्लाह दिने नेताहरूले बताएका छन् ।
बैठकमा केन्द्रीय सदस्य, वर्तमान/निवर्तमान/पूर्वसभापति र प्रदेश सभापतिहरूको सहभागिता रहने छ ।
केन्द्रीय सदस्य तथा सहमहामन्त्री पदमा उम्मेदवारी घाेषणा गरेका नेता जीवन परियारले बैठकमा छलफल गरेर आएकाे रायअनुसार साझा उम्मेदवार चयन गर्न सहज हुने बताए ।
तर, सभापति पदकाे दाबेदारीबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर काेइराला पछि हटेका छैनन् ।
वरिष्ठ नेता रामचन्द्र पाैडेल पनि सके आफ्नै पक्षमा सहमति जुटाउन सक्रिय छन् ।
महाधिवेशन भाेलिदेखि सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।