कांग्रेसको संस्थापनइतर समूह (रामचन्द्र पौडेल पक्ष) को बैठकअघि नेताहरू छलफलमा जुटेका छन् ।
छलफल गर्नेमा डाक्टर रामशरण महत, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, डा. मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, बलबहादुर केसीलगायत नेताहरू रहेका छन् ।
बैठक बिहान साढे ८ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु हुने बताइएको थियो । तर, अहिलेसम्म पनि बैठक भने सुरु हुन सकेको छैन । केन्द्रीय सदस्यहरू आउन बाँकी रहेपछि बैठक सुरु हुन ढिलाइ भएको हो ।
बैठकमा छलफलपछि इतर पक्षबाट सभापति पदमा साझा उम्मेदवार छनोटबारे राय सल्लाह दिने नेताहरूले बताएका छन् ।
बैठकमा केन्द्रीय सदस्य, वर्तमान/निवर्तमान/पूर्वसभापति र प्रदेश सभापतिहरूको सहभागिता रहने छ ।
केन्द्रीय सदस्य तथा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेता जीवन परियारले बैठकमा छलफल गरेर आएको रायअनुसार साझा उम्मेदवार चयन गर्न सहज हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।