कांग्रेस सभापतिको दौडबाट पछि हट्दिन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । 

पार्टीभित्रको शक्ति राजनीतिका कारण कांग्रेसले जनताले सोचे अनुरूप ट्रयाक समाउन नसकेको भन्दै सिंहले पार्टीलाई विधि विधानअनुसार चलाउन र समावेशी रूपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताएका हुन् ।

काठमाडौंको बानेश्वरमा आज नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण गर्दै नेता सिंहले पाटीलाई विधिसम्मत नियमसंवद् र संस्थागत रूपमा अगाडि बढाउन र सम्पूर्ण चुनौतीलाई सामना गर्दै आफूले कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रूपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको बताए ।

उनले कांग्रेसलाई एकताबद्ध हुन कृष्णप्रसाद भट्टराईले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुःखसमेत व्यक्त गरे । कांग्रेसको १४ औं महाविधेशन भोलिदेखि सुरु हुँदैछ । तर, सिंहआवद्ध समूहले भने अहिलेसम्म सभापतिको उम्मेदवार घोषणा गर्न सकेको छैन ।     





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १०:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया