रामचन्द्र पौडेललाई शेखर कोइरालाको शसर्त प्रस्ताव

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भोलिदेखि सुरु हुने १४ औं महाधिवेशनमा सभापति पदमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साथ दिने भएका छन् ।

आज बिहान भएको संस्थापन इतर पक्षको बैठकमा कोराइलाले पौडेललाई साथ दिन तयार रहेको बताएका हुन् ।

यद्यपि, शेखरले पौडेलसमक्ष एउटा शर्त राखेका छन् । उनले पौडेलसमक्ष आफू पछि हटे प्रकाशमान सिंहले पनि सभापतिको दौडबाट रोकिनुपर्ने शर्त राखेका हुन् ।  

शेखर पनि सभापतिको दौडमा छन् । तर, महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा भने पौडेलसमक्ष शसर्त प्रस्ताव राखेका हुन् । यता सिंहले भने आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । 

आज बिहान बानेश्वरमा नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण गर्दै उनले सभापति पदको दौडबाट नहट्ने बताएका हुन् । 

 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १०:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया