परीक्षा बोर्डको अध्यक्षका लागि पाँचजना संक्षिप्त सूचीमा

राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा.डा. घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा महानन्द चालिसे, डा. महाश्रम शर्मा र प्रा.डा. शोभाखर कँडेललाई सो सूचीमा राखिएको छ ।  

सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र-कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि क्रमशः आगामी पुस १ र २ गते लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा समय निर्धारण गरिएको छ ।  





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ११:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया