नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरेका छन् ।
बिहीबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापनइतर समूहबाट सभापति पदका लागि साझा उम्मेदवार बनाएरै छाड्ने बताए ।
‘हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने भएको छ,’ उनले भने, ‘हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौं ।’
कांग्रेस नेतृत्वमा शेरबहादुर देउवाको विकल्प आवश्यक रहेको भन्दै उनले यसका लागि आफूहरू क्रियाशील रहेको बताए ।
उनले भने, ‘कांग्रेस नेतृत्वमा देउवाको विकल्प खोजेको छौं । उहाँको विकल्प चाहिन्छ भन्नेमा छौं ।’
कांग्रेस प्रतिस्पर्धाको पार्टी रहेकाले प्रतिस्पर्धामार्फत नै नेतृत्व चयन हुने उनको भनाइ छ ।
कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरू हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।