आफ्नै सासूको हत्या गरेको अभियोगमा पक्राउ
सांकेतिक तस्बिर

महाेत्तरीमा आफ्नै सासूकाे हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेकी छन्।

६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका-७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वे पक्राउ परेकी हुन् ।

जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झैझगडा हुँदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १२:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया