म निर्विकल्प सभापतिको उम्मेदवार हुँ- विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफू सभापतिको निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका छन् ।

शुक्रबारबाट सुरु हुन लागेको पार्टीको १४औं महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका उनले आफू निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका हुन् । 

शुक्रबारबाट १४औं महाधिवेशन सुरु हुने भएपछि बिहीबार बस्न लागेको मौजुदा केन्द्रीय समितिको अन्तिम बैठकमा सहभागी हुन पार्टी कार्यालयमा पुगेका निधिले सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । 

शेरबहादुर देउवाको सभापतिमा दाबेदारी सार्वजनिक भइसकेको छ भने रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कोइराला परिवारबाट साझा सभापतिको उम्मेदवार बनाउने प्रयास जारी छ । तर, आफूलाई दुवै पक्षबाट मत आउने निधिले दाबी गरे । 

बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा महाधिवेशनका विषयमा छलफल हुने आफूले जानकारी पाएको उनले बताए । 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १३:४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया