कांग्रेस महाधिवेशन : प्रदेश २ बाट ७०४ प्रतिनिधि सहभागी हुने

शुक्रबारबाट सुरु हुन लागेको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रदेश-२ बाट ७०४ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

यस्तै, महोत्तरी क्षेत्र नम्बर ३ तथा सर्लाहीको चारवटा निर्वाचन क्षेत्रको प्रतिनिधि सूची भने प्राप्त भइनसकेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

प्रदेश-२ मा सुरुदेखि नै विभिन्न जिल्लामा अधिवेशन गर्ने सम्बन्धमा विवाद रहेको थियो भने विवादकै कारण प्रदेश अधिवेशनसमेत स्थगित गरिएको थियो ।

प्रदेश-२ कांग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधिको गृह प्रदेशसमेत हो । निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार सप्तरीका चारवटा निर्वाचन क्षेत्रबाट १०४ प्रतिनिधि सहभागी हुनेछन् भने सिरहाको ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि सहभागी हुनेछन् ।

यस्तै, धनुषाबाट पनि १०४ जनाको सहभागिता रहने भएको छ भने महोत्तरीबाट पनि १०४ जनाकै सहभागिता रहनेछ । यस्तै, रौतहटबाट ८१, बाराबाट १०४ र पर्साबाट १०३ जना प्रतिनिधि चयन भएका छन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १३:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया