पौडेलले किन बहिस्कार गरे वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक ?

नेपाली कांग्रेसको मौजुदा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । १३औँ महाधिवेशनबाट चयन भएको कार्यसमितिको सो बैठकलाई अन्तिम बैठक पनि भनिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी सो बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले भने बहिस्कार गरेका छन् । बैठकले विधान संशोधन गर्ने तयारी गरेपछि पौडलले बहिस्कार गरेको बताइएको छ ।

शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनका विषयमा छलफल गर्न भनेर डाकिएको सो बैठकमा विधान संशोधन प्रस्ताव लैजाने तयारी भएको थियो ।

नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गर्न लागिएको चर्चाकाबीच पौडेलले बैठक नै बहिस्कार गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १४:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया