मन लाग्दा पद थप्नेलाई पार्टी व्यक्तिगत क्लब हाउस होइन : जगदिश्वर नरसिंह केसी

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पदाधिकारीमा एक महामन्त्री र दुई सहमहामन्त्री थप गर्ने प्रस्ताव आए केन्द्रीय समिति बैठकमा विरोध गर्ने भएको छ ।

संस्थापन पक्षले नेताहरूको व्यवस्थापन गर्न यस्तो प्रस्ताव ल्याउने तयारी गरिरहेको बेला इतर पक्षले विरोध गर्ने जनाएको हो ।

‘बहुमतले प्रस्ताव पास गराउलान् तर यो जतिबेला मन लाग्यो उतिबेला पार्टीलाई व्यक्तिगत क्लब जस्तो त बनाउन पाइएन नि । जतिबेला मन लाग्यो उतिबेला पद थप्ने र घटाउने त्यो त हुँदैन । पार्टी भनेको विधि विधानले चल्नुपर्छ । भोलि महाधिवेशन छ आज पद थप्न प्रस्ताव आउँछ भने त्यसको हामी विरोध गर्छौँ’, केन्द्रीय सदस्य जगदिश्वर नरसिंह केसीले फरकधारलाई बताए ।

केन्द्रीय समिति बैठकका लागि संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलबाहेकका नेताहरू सानेपा पुगेका छन् । पौडेलको विरोध पद थप्ने भन्नेमै छ ।

देउवाले भने बहुमतबाट पद थप गर्न सक्ने देखिएको छ । पदाधिकारीमा धेरै आकाङ्क्षी भएपछि उनीहरूको व्यवस्थापन गर्न पद थप्ने मनस्थितिमा देउवा पुगेका हुन् ।

बुधबार बूढानीलकण्डस्थित निवासमा आफू निकटस्थ नेताहरूको ठैकमा पनि उनलाई पद थपको दबाब आएको थियो ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १४:३३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया