अर्थमन्त्रीकाे दाबी- ७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु

अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षकाे लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् । अर्थ समितिको बैठकमा बिहीबार उनले यस्ताे दाबी गरेका हुन् ।

विगतका समस्याहरूले अर्थतन्त्रमा चुनौती आएको र अब बिस्तारै ती समाधान हुँदै जाने उनले बताए। 

उनले भने, ‘अर्थतन्त्रमा आजको आजै समस्या आएको होइन, यसअघिका नीति नियमका र समग्र ऐन कानुनले असर पारेको हो । अब समस्याहरू बिस्तारै समाधान हुँदैछन् । लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।’

आयात ६४ प्रतिशतले बढ्दा निर्यात १०४ प्रतिशतले वृद्धि भएको र अब पुँजीगत खर्च गर्ने रफ्तार पनि बढ्दै जाने अर्थमन्त्री शर्माकाे भनाइ छ ।

अर्थतन्त्र नबुझेको अर्थमन्त्री भन्ने आलोचकप्रति लक्षित गर्दै उनले ती व्यक्तिहरूबाट पनि अध्ययन गरिरहेको बताए । 

पुँजीगत खर्च कमजोर हुँदा बैंकिङ प्रणालीमा तरलताको अभाव भएको स्वीकार गर्दै त्यसका लागि गैरआवासीय नेपालीहरूले विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरिएको र यसले सकारात्मक प्रभाव पार्ने दाबी गरे ।  
 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १४:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया