नेपाली कांग्रेसको महाधिवेशनमा ‘डिजिटल भोटिङ’ मेसिन प्रयोग नहुने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले कागजबाटै मतदान हुने बताए ।
‘कांग्रेसलाई रूपान्तरण गर्न प्रविधिको प्रयोग गर्न जरुरी छ । तर यसपटक हामीले ब्यालेट पेपर प्रयोग गर्ने भयौं । हुन त यही हाम्रो ब्यालेट पेपर प्रयोग हुने अन्तिम महाधिवेशन हो’, शर्माले पार्टी केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा बताए ।
कांग्रेसको प्रचारप्रसार विभागले यसअघि १४औं महाधिवेशनका लागि भन्दै भोटिङ मेसिन प्रयोग तयार भएको जनाएको थियो । अन्ततः प्रयोग नगरिने भएको हो ।
महाधिवेशनमा मतदान तीन ठाउँमा हुने भएको छ । नेपाल पुलिस क्लब, राष्ट्रिय सभा गृह र भृकुटिमण्डमा हुने छ ।
एक जना मतदाताले २९ वटा मत्रपत्र पाउने र पहिले सभापतिका लागि मतदान गर्नुपर्नेछ । त्यसपछि उपसभापति हुँदै महामन्त्री, सहमहामन्त्री र सदस्यहरूका लागि मतदान गर्नुपर्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।