\
साताको पाँचौें कारोबार दिन आज (बिहीबार) सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५.८४ अंकले घटेर दुई हजार ४४९.९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
२३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ । कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ ।
बिहीबार ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । बिहीबार कारोबारमा आएका होटल तथा पर्यटन, अन्य र म्युचल फण्ड समूहका सूचक मात्र हरियाे देखिएका छन् ।
यिनीहरूमा पनि ०.६ देखि ०.६४ अंकले उकालो लागेका छन् । बाँकी सबै समूहका सूचक ०.१ प्रतिशतदेखि ०.७६ प्रतिशतसम्मको ओरालाे लागेकाे छ ।
नेप्सेका अनुसार बिहीबार सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो लगायतको सेयर मूल्य बढेको छ । त्यस्तै गरी, सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।