कांग्रेस महाधिवेशन : मकवानपुरबाट ५३ प्रतिनिधि सहभागी हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मकवानपुरबाट ५२ जना प्रतिनिधिले भाग लिने भएका छन् । कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार मकवानपुरबाटबाट ५२ जना प्रतिनिधि चयन भएका छन् । 

जिल्लाको दुई प्रतिनिधि क्षेत्रबाट २५/२५ जना गरी ५० जना महाधिवेशन प्रतिनिधि, २ जना क्षेत्रीय सभापति र केन्द्रीय सदस्य नेतृ डिनासहित ५३ जना काठमाडौंमा हुने १४ औं महाधिवेशनमा सहभागी हुने कांग्रेस मकवानपुरले जनाएको छ ।

बागमतीबाट ८७८ प्रतिनिधि

यस्तै, कांग्रेस बागमती प्रदेशबाट ८ सय ७८ प्रतिनिधिले भाग लिने भएका छन् । प्रदेशका १३ जिल्लाबाट ८ सय ७८ जना महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका हुन्  ।

मकवानपुरका ५२ सहित दोलखाबाट २७ जना प्रतिनिधि चयन भएका छन् भने रामेछापबाट २७ जना, सिन्धुलीबाट ५२ जना , रसुवाबाट २७ जना प्रतिनिधि चयन भएका छन् ।

रसुवाबाट जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी खुलातर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।



यसैगरी, धादिङबाट ५४, नुवाकोटबाट ५३ प्रतिनिधि चयन हुँदा काठमाडौंबाट २ सय ६६ प्रतिनिधि चयन भएका छन् । भक्तपुरबाट ५४, ललितपुरबाट ८२ जना प्रतिनिधि चयन भएका छन् । यसैगरी काभ्रेबाट ५३, सिन्धुपाल्चोक ५२ जना प्रतिनिधि चयन हुँदा ७९ जना चितवनबाट चयन भएका छन् ।

देउवा प्यानलबाट सहमहामन्त्री ‘डिना’



 नेपाली कांग्रेसको यही मंसिर २४ गतेदेखि काठमाडौंमा १४ औं महाधिवेशन सुरु हुँदैछ । १४ औं महाधिवेशनमा कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय डिनाले केन्द्रीय सहमहामन्त्रीमा आफ्नो उम्मेदवारी दिने तयारी  गरेकी छिन् ।

पुर्वराज्यमन्त्री समेत रहेकी डिनाले शेरबहादुर देउवा प्यानलबाट  उम्मेदवारी दिने तयारी गरेकी हुन् । हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी  नेतृ डिनालाई देउवाले केन्द्रिय समितिमा मनोनित गरेका थिए ।

मकवानपुर जिल्लाबाट महाधिवेशनमा केन्द्रीय सदस्यमा उमा दाहालले आफ्नो उम्मेदवारी दिने गरेकी छिन् ।

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १९:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया