शशांक आफूनिकट नेताहरूसँगको छलफलमा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरूले आफूनिकट नेता-कार्यकर्ताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । कांग्रेसको सभापतिका आकांक्षीहरूले आगामी रणनीति तय गर्न नेता कार्यकर्तासँगको छलफललाई तीव्रता दिएका हुन् ।

यसैबीच सभापतिका आकांक्षी मानिएका नेता शशांक कोइराला पनि आफूनिकट युवा नेताहरूसँगको छलफलमा जेटेका छन् । संस्थापनइतर समूहबाट साझा उम्मेदवार चयन नभएको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा शशांकले छलफल गरिरहेको एक नेताले बताए । अहिले शशांकको निवासमा नेताहरू बद्री पाण्डे, जीवन परिवारलगायत उपस्थित छन् ।

नेताहरूको आफ्नै अडानका कारण संस्थापन इतर पक्षले तीन दिनसम्म छलफल गर्दा पनि साझा उम्मेदवार छान्न सकेन । इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू शशांक, शेखर कोइराला र प्रकाशमान श्रेष्ठ सभापतिको आकांक्षी छन् । पौडेल र शशांकले एकताका लागि त्याग गर्न तयार भएको बताए पनि प्रकाशमान र शेखरले आफ्नो अडान छोडेका छैनन् ।  

कांग्रेसको शुक्रबारदेखि काठमाडौंमा १४ औं महाधिवेशन सुरु हुँदैछ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १९:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया