एक वर्षदेखि जारी भारतीय किसानको आन्दोलन अन्त्य

भारतीय किसानहरूले एक वर्ष लामो आमप्रदर्शन अन्त्य भएको बताएका छन् । सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरूले पनि आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन् । 

सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौं किसान राजधानी नयाँ दिल्लीको सीमाक्षेत्रमा एक वर्षदेखि प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनका क्रममा गर्मी, ठन्डी तथा कोभिडका कारण दर्जनौं किसानको मृत्यु भएको थियो । शनिबारदेखि किसान आआफ्नो घरमा फर्किने भएका छन् ।  

किसान आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई ठूलो चुनौती साबित भएको थियो । किसानका अन्य समस्या सम्बोधन गर्न र उत्पादित वस्तु तथा सेवाको मूल्य सुनिश्चित गर्न सरकार सहमत भएपछि किसानका विभिन्न संगठनले एक वर्षदेखिको आन्दोलन समाप्त भएको बताएका छन् । आन्दोलनरत किसानमाथि लगाइएको मुद्दा पनि फिर्ता गर्न सरकार सहमत भएको छ । 

‘१५ जनवरीमा एउटा समिक्षा बैठक आयोजना गरेका छौं । प्रतिबद्धता जनाए बमोजिम सरकारले हाम्रा माग पुरा गरेन भने हामी पुनः आन्दोलनमा फर्किनेछौं,’ किसान नेता गुर्नाम सिंह चरुनीले स्थानीय सञ्चारमाध्यमलाई भने ।  





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ७:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया