माओवादी केन्द्र प्रदेश-२ को अधिवेशन जनकपुरधाममा हुने

नेकपा माओवादी केन्द्र प्रदेश–२ को अधिवेशन जनकपुरधाममा हुन लागेको छ । भोलि जनकपुरधाममा हुने उद्घाटन सत्रको लागि तयारी तीव्र पारिएको माओवादी केन्द्र प्रदेश–२ का संयोजक प्रह्लाद बुढाथोकीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

उनले उद्घाटन सत्रको सम्बोधन भर्चुअल माध्यमबाट केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सातवटै प्रदेशको एकसाथ गर्ने जानकारी दिए ।

प्रचण्डका अलावा स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव र गणेश साहलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक बुढाथोकीले बताए ।

बुढाथोकीले प्रदेश–२ को कमिटी २७१ सदस्यीय रहने जसमा ९ जना पदाधिकारी रहने समेत जानकारी दिए । अधिवेशनमा प्रदेश २ का ८ वटै जिल्लाबाट झण्डै १ हजार अधिवेशन प्रतिनिधि सहभागि हुनेछन् । 

१३६ पालिकाबाट ६ सय, आयोजक र मनोनित गरी १ हजार प्रतिनिधि अधिवेशनमा भाग लिने उनले बताए । प्रदेश–२ मा ३६ पालिकामध्ये हालसम्म ७५ प्रतिशतमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने २५ प्रतिशतमा बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ११:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया