नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनको समारोहमा जान तयार भएका छन् ।
गुट उपगुटको तानातानले उद्घाटन समारोहमा जान अस्वीकार गरेका उनी अन्तत नेता/कार्यकर्ताले सम्झाएपछि उद्घाटन समारोहमा जान तयार भएका हुन् ।
‘उहाँ महाधिवेशनको उद्घाटन समारोहमा जानुहुन्छ, उहाँ सुरुमा गुट उपगुटको तानातानका कारण अन्योलमा हुनुहुन्थ्यो । तर, निवासमै पुगेर नेता/कार्यकर्ताले सम्झाएपछि उहाँ महाधिवेशन उद्घाटन समारोहमा जान तयार हुनु भएको छ,’ एक कांग्रेस नेताले भने ।
केही समयअघि नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य र मीनेन्द्र रिजाल पौडेल निवास बोहराटार पुगेका थिए ।
कांग्रेस महाधिवेशन उद्घाटन दिउँसो १ बजे सुरु हुने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।