ओखलढुंगामा काेराेना भाइरस विरुद्धकाे खाेप अभियान तीव्र पारिएकाे छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खाेप अभियानमा १९ हजारले खाेप लगाइसकेका छन् ।
जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएकाे खाेप पहिलाे चरण लगाएकालाई दाेस्राे र पहिलाे चरण छुटेकालाई पहिलाे डाेज खाेप लगाइएकाे हाे । १७५ वटा खाेप केन्द्रमा सञ्चालित खाेप अभियानबाट १९ हजार नागरिक लाभान्वित भएकाे स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।
खाेप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाट समेत खाेप दिने व्यवस्था गरिने उनकाे भनाइ छ । जिल्लामा यसअघि पनि दुई चरणमा खाेप अभियान सञ्चालन भइसकेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।