कांग्रेस महाधिवेशन : नेता र पाहुना आउने क्रम जारी

नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदै छ । काठमाडौं को भृकुटीमण्डपमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना जाने क्रम सुरू भइसकेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगिसकेका छन् । 
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुग्न थालेका छन् । 

दिउँसो १ बजे सुरु हुने भनिए पनि सो समयबाट सांस्कृति कार्यक्रम सुरु गरेर औपचारिक रुपमा भने उद्घाटन भने गरिएको छैन ।  अहिले कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरिएको छ । साथै विभिन्न जातजातिको झाँक्री प्रस्तुत गरिएको छ ।  





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १३:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया