वरिष्ठ नेता पौडेल पनि पुगे कांग्रेस महाधिवेशनस्थलमा

काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने लागेको नेपाली कांग्रेस महाधिवेशनमा सहभागी हुन शीर्ष नेता आउने क्रम जारी छ । 

नेपाली कांग्रेस महाधिवेशनस्थलमा वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका छन् । यसअघि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुगिसकेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूको पुगिसकेका छन् । 


दिउँसो १ बजे सुरु हुने भनिए पनि सो समयबाट सांस्कृति कार्यक्रम सुरु गरेर औपचारिक रुपमा भने उद्घाटन भने गरिएको छैन ।  अहिले कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरिएको छ । साथै विभिन्न जातजातिको झाँक्री प्रस्तुत गरिएको छ ।  





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १४:०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया