नेपाली कांग्रेसको १४औं महाधिवेशन सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आइपुगेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा एमाले अध्यक्ष ओली आइपुगेको कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उपस्थित छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (माले)का महासचिव सिपी मैनालीसहितका नेताहरु सहभागी भएका छन् ।
महाधिवेशनमा करिव ४ हजार ६ सय प्रतिनिधिहरू सहभागी भएका छन् । महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने अन्य ३५ जना खुला केन्द्रीय सदस्य मनोनीत हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।